माउन्टेन टेलिभिजनमा कार्यरत चितवनका पत्रकार पुडासैनीको निधन

चितवन, साउन,२१ ।
पत्रकार शालिकराम पुडासैनीको निधन भएको छ। माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनीको गएराति चितवनको पोखरा बसपार्कमा रहेको कंगारु होटेलमा गएराति निधन भएको हो।

दिउँसो ३ बजे होटेल प्रवेश गरेका पुडासैनी राति ८ बजेसम्म बाहिर ननिक्लएपछि होटेल प्रशासनले प्रहरी बोलाएर कोठा खोल्दा उनी मृत भेटिएका थिए।

माउन्टेन टेलिभिजन स्रोतका अनुसार उनी दुई तीन दिन तराईको रिर्पोटिङ गरेर फर्कने भन्दै काठमाडौंबाट चितवन गएका थिए। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए।

उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए। यसअघि उनले न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए। उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस