भारत र वेस्टइण्डिज बीचको तेस्रो तथा अन्तिम टी–२० आज

साउन,२१ ।
भारत र वेस्टइण्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० हुँदैछ । नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने खेलमा भारत तेस्रो टी–२० जित्दै सिरिज क्लिन स्वीप गर्ने अभियानमा हुने छ । विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिलो खेल ४ विकेट तथा दोस्रो खेल डीएल मेथड अनुसार २२ रनले जितेको थियो । भारतले अहिलेसम्म विदेशी भूमिमा ३–० ले सिरिज एक पटक मात्रै जितेकाले यो कीर्तिमान बनाउने लक्ष्यमा हुने छ । भारतले २०१६ मा अस्ट्रेलियाविरुद्धको सिरिज ३–० ले जितेको थियो । भारत र वेस्टइण्डिजबीचको खेल गुयना मैदानमा हुँदै छ ।

तपाईको प्रतिक्रिया दिनुहोस