गुल्मीमा पहिरोले पुरिँदा मृत्यु भएका ६ जनाकै सनाखत,६ जना अभै बेपत्ता

गुल्मी, साउन, ७ ।
गुल्मीमा पहिरोले पुरिँदा मृत्यु भएका छ जनाकै पहिचान खुलेको छ । करिब ६ जना अझै बेपत्ता भएका छन् । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोका कारण घर पुरिँदा दुबै ठाँउमा गरेर ६ भन्दा बढी अझै बेपत्ता भएका हुन् । पहिरोमा परेर मृत्यु हुनेमा ठूलो लुम्पेगकी ३२ वर्षिय तिलकुमार त्रामु, उनको नौ वर्षका छोरा दर्शन त्रामु, सोही गाउँपालिकाका वडा नम्बर ४ लिंघाका ६५ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिक रहेको जिल्ला प्रहरीले कार्यालय गुल्मीले जनाएको छ । बेपत्ताहरूको उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस