चिकित्सा शिक्षा आयोगद्वारा ६ जनाको आवेदन रद्द, उपाध्यक्षका लागि फेरि माग्यो दरखास्त

काठमाण्डौं,साउन १ ।
सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पुनः दरखास्त आह्वान गरेको छ । यस अघि असार ९ गते पहिलो पटक सूचना निकालेर दरखास्त मागेको आयोगले आवेदन परेका छ जनाको दरखास्त रद्द गर्दै पुनः दरखास्त मागेको हो । दरखास्त परेका मध्ये योग्यता पुगेको पुष्टि भएका कागजात नभएको आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको ठहर छ । नयाँ सूचनामा साउन १५ गतेसम्म आवश्यक प्रक्रिया पुरा गरी दरखास्त दिन सकिने जनाइएको छ । आवेदन दिने उम्मेदवारको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । यसअघि ६१ वर्ष मुनिका व्यक्तिले मात्र दरखास्त दिन पाउने थिए । उपाध्यक्षका लागि आवेदन दिनेले विभिन्न १५ प्रकारका कागजपत्रहरु पेश गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस