धोनीलाई क्रिकेटबाट सन्यास लिन सित्तैमा सल्लाह दिनेको भीड

असार,३१ ।
भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको आलोचना पछिल्लो समय बढ्दै गएको छ । उनलाई अहिले क्रिकेटबाट सन्यास लिन सित्तैमा सल्लाह दिनेको भीड पनि धेरै छ । तर केही समर्थकहरु भने धोनीको पक्षमा रहँदै सन्यास लिन दबाब दिनुको साटो उनले भारतीय टिममा गरेको योगदानको कदर गर्दै अन्तिम निर्णय लिने अधिकार धोनीमाथि छाड्नु पर्नेमा जोड दिइरहेका छन् । टाइम्स अफ इण्डियाका अनुसार इंग्ल्याण्ड विश्वकपमा उनको ब्याटिङका कारण पनि भारतीय टिम पराजित भएको आरोप लगाउँदै टिम छनोट समितिका संयोजक एमएसके प्रसादले धोनीलाई अब टिमबाट बाहिर राख्नु पर्ने संकेत गरेका थिए । भारतले अब वेस्टइण्डिजविरुद्धको सिरिज खेल्दै छ । यो सिरिजका लागि शुक्रबार हुने टिम छनोटमा धोनी पर्ने सम्भावना एकदमै न्यून रहेको बीसीसीआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस