तिनाउ विकास बैकद्धारा चेपाङ केन्द्रलाई सहयोग

कार्तिक १५ । तिनाँउ विकास बैकले आफ्नो स्थापना दिवसको अवसरमा गामवेशीको चेपाङ संरक्षण केन्द्रलार्ई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । तिनाउ विकास बैकं लिमिटेड ज्यामिरे शाखाले बैक स्थापनाको १३ औँ बर्षमा प्रवेश गरेको अवसरमा चेपाङ्ग बालबालिकाहरुको लागि खाद्यान्न र शैक्षिक सामाग्री प्रदान गरेको हो । बैंकको ज्यामिरे शाखाले रत्ननगर नगरपालिका वडा नम्बर ११ मा रहेको गाँमवेसीको चेपाङ्ग संरक्षण केन्द्रमा रहेका १३२ जना चेपाङ्ग विद्यार्थीहरुको लागि चामल , तेल , कपी , कलम लगायतको शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बैकका शाखा प्रवन्धक रुद्रलाल भुषालको नेतृत्वमा गएका बैकँका कर्मचारीले चेपाङ्ग संरक्षण केन्द्रका संचालक केपी किरण शर्मालाई २० हजार ५ सय बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै शाखा प्रवन्धक भूषालले बैंकले सामाजीक उत्तरदायित्व अन्तर्गत प्रत्येक बर्ष विभिन्न स्थानमा सहयोग गर्ने गरेको र यसबर्ष चेपाङ्ग संरक्षण केन्द्रमा सहयोग गरेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस