खानेपानी र विद्युत महसुल गर्न गाह्रो,निजी श्रोतका शिक्षकको तलवमा अनुदान चाहियो

कार्तिक १५ गते । खैरहनी नगरपालिका अन्र्तगत रहेका आधारभुत तहका विद्यालयहरुका प्रधानाध्यापकहरुले निजी श्रोतबाट राखेका शिक्षकहरुलाई तलव प्रदान गर्न समस्या परेको वताएका छन् । शिक्षा शाखा खैरहनीले विहीवार आयोजना गरेको आधारभुत तहका प्रधानाध्यापकहरुसंगको अन्र्तक्रिया कार्यक्रममा प्रधानाध्यापकहरुले निजी श्रोतका शिक्षकलाई तलव र खानेपानी तथा विद्युत महसुल तिर्न गाह्रो परेको वताएका हुन् । राष्ट्रिय आधारभुत विद्यालय सलौलीका प्रधानाध्यापक बाबुराम गिरीले निजी श्रोतका शिक्षकलाई तलव अभाव रहेको वताए । विद्यालयको आम्दानीको श्रोत नहुँदा ति शिक्षकहरुलाई तलव दिन नसकिएको उनले वताए । आधारभुत विद्यालय पिद्रहनीका प्रधानाध्यापक लोकवहादुर पौडेलले ज्यादै न्युन तलव निजी श्रोतका शिक्षकलाई दिईने गरेको वताए । कम तलवका कारण उनीहरुसंग वसेर संगै खाजा खान पाईएको छैन् पौडेलले भने नगरपालिकाले त्यस्ता शिक्षकहरुका लागि तलवको व्यवस्था गरिदियोस् । कार्यक्रममा सहभागी अन्य प्रधानाध्यापकहरुले पनि निजी श्रोतका शिक्षकलाई तलव दिन नसकिएको,खानेपानी तथा विद्युत महसुल तिर्न धौ धौ भएको,विद्यालयको भौतिक संरचनामा सुधार गर्नु पर्ने लगायत माग नगरपालिका समक्ष राखेका थिए । प्रधानाध्यापकहरुले राखेका समस्यालाई सम्वोधन गर्दै मेयर चौधरीले सवै मागहरुलाई एकै पटक पुरा गर्न नसकिने हुँदा प्राथमिकताका आधारमा समाधान गर्दै जाने वताए । सो अवसरमा उपमेयर सुनिता थपलिया,प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्मा,शिक्षा शाखा प्रमुख वालचन्द्र सापकोटा,श्रोत व्यक्ती प्रेमराज खनिया लगायतले आआफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस