थप दुई वटामा अनलाईन घटना दर्ता

कार्तिक १५ गते । खैरहनी नगरपालिकाको वडा नम्वर २ र १२ मा व्यक्तीगत घटनादर्ता अनलाईन मार्फत राख्न सुरु गरिएको छ । ति दुई वडामा विहीवारदेखी अनलाईन मार्फत घटनादर्ताको काम सुरु भएको हो । ति दुई वडाका वडाध्यक्षहरुले सो सेवाको सुभारम्भ गरेका थिए । यसअघि बुधवार खैरहनीको वडा नम्वर ३ र ९ मा सो सेवा सुरु भएको थियो । अव नगरको ४,१० र १३ नम्वर वडामा अनलाईन मार्फत घटनादर्ताको सेवा प्रदान गर्न वाकी रहेको नगरपालिकाका सुचना तथा प्रविधी अधिकृत सुरेश चौधरीले वताए ।

तपाईको प्रतिक्रिया दिनुहोस