कृष्णबहादुर महरालाई निस्कासन गर्ने नेकपाको तयारी

असोज १५ ।
सत्तारुढ नेकपाले बलात्कारको आरोप लागेपछि सभामुख पदबाट मात्रै राजीनामा दिएको भन्दै कृष्णबहादुर महरालाई निस्कासन गर्ने तयारी गरेको छ । यसका लागि नेकपाको केन्द्रीय समितिको बैठक बस्नुपर्ने भएकाले बैठा बोलाउने तयारी भइरहेको छ । केन्द्रीय समितिले दलबाट निस्कासन गरेपछि महराको सांसद पद स्वतः जाने दल सम्बन्धी ऐनमा व्यावस्था भएको बताइएको छ । एक नेकपा नेताले दिएको जानकारी अनुसार राजनीतिक दल सम्बन्धी ऐनको दल त्याग सम्बन्धी व्यवस्था मार्फत् हटाउन सकिने प्रावधान छ । उक्त ऐनको दफा ३२ मा दलको केन्द्रीय समितिले कुनैपनि सदस्यलाई दलबाट निस्कासन गर्न सक्ने व्यवस्था रहेको र यसरी निस्कासन गरेपछि निस्कासन गरिएको व्याक्तिको सांसद पद समाप्त हुनेछ । मंगलवार सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न सुझाव दिएको थियो । तर महराले सभामुखको राजिनामामा पनि सर्तसहितका शब्दहरु समाबेश गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस