नारायणगढ मुग्लिन सडकखण्डमा माइक्रोबस दुर्घटना,१४ जना घाइते

असोज १४ ।

चितवनको इच्छाकामना गाउँपालिका जलविरेस्थित नारायणगढ मुग्लिन सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन । नारायणगढबाट काठमाडौ जादै गरेको ना।४ ख १३२१ नम्बरको माइक्रोबस आज अपरान्ह आफै अन्यत्रित भई पीपलको रुखमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेज,चितवन मेडिकलेज र नारायणी सामुदायीक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस