रोल्पाको लुग्री खोलामा यात्रुवाहक बस खस्दा दुई जनाको घटनास्थलमै मृत्यु

असोज १४ ।

रोल्पाको लुग्री खोलामा यात्रुवाहक बस खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आर्शिवाद यातायात प्रालिको बस सुनील स्मृति गाउँपालिका वडा ३ रुइनीबाङ जिप पार्क नजीकै व्याग गर्ने क्रममा सडक बाट करीव २ सय मिटर तल लुग्री खोलामा खस्दा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाडी चालक लुग्री गाउँपालीका ३ सिमेगिठाका २५ बर्षीय याम बहादुर घर्तिमगर र सोही गाँउपालिकाका वडा न. २ निबासी सुर्यलाल घर्ति मगर रहेका जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्र बहादुर गुरुङले जानकारी दिनुभयो ।इलाका प्रहरी कार्यलय सुलीचौर र त्यहाका स्थानीयको सहयोगम उद्धारकार्य जारी रहेको छ । गाडीमा कति जना यात्रु थिए भन्ने अहिले एकिन नभएको तर त्यहाका स्थानीय अमृत जीसीले गाडीमा ३–४ जना यात्रु देखेको बताउनुभयो ।
घटनाको विस्तृत बिवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस