महराद्धारा सभामुख पदबाट राजीनामा

असोज १४ ।
सभामुख कृष्ण बाहादुर महराले उपसभामुखलाई सभामुद पदबाट दिएको राजिनामा बुझाउनु भएको छ । केहिबेर अघि महराले उपसभामुखलाई राजिनामा बुझाउनुभएको उहाँको निजि सचिवालयले जनाएको छ । यसअघि बालुवाटारमा बसेको नेकपा सचिवलयको बैठकले यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्ण बहादुर महराले पदबाट राजिनामा दिनुपर्ने निर्णय गरेको थियो । यस्तै नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसेको पूर्वमाओवादी निकटका नेताहरुको बैठकलेपनि महरामाथि गम्भीर आरोप लागिपसेपछि राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवलयको आकस्मिक बैठकले महरालाई राजिनामा गर्न लगाउने निर्णय गरेको हो । महरामाथि संसद सचिवालयकी एक महिलालाई यौन दुव्र्यवहारको आरोप लागेको छ ।
संसद सचिवालयकम काजमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफूलाई जर्वजस्ती करणी गर्ने प्रयास गरेको आरोेप लगाएकी हुन् । महिला कर्मचारीले आइतबार साँझ महराले मदिरा पिएर आफूमाथि करणीको प्रयास भएको विभिन्न सञ्चारमाध्यमलाई बताएकी हन् । तर यसवारे पीडित भनेकी महिलाले प्रहरीमा जाहेरी नदिएको प्रहरीले जनाएको छ ।यसविषयमा सभामुख महराले ती महिलाले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गर्नुभएको छ । आफुु ती महिलाको कोठामा समेत नगएको महराको दाबी छ । आफू आइतबार बेलुका घरैमा रहेको महराको दाबी छ । संसद सचिवालयमा हेल्थ दरबन्दी छैन, उहाँहरु केही मानिस हेल्थबाट संसद सचिवालयमा काजमा आउनुभएको छ, ती महिलाले यहि दरवन्दी क्रिएट गरिदनुपर्यो भनिरहेको महराल ेबताउनुभएको छ ।

यसैबीच महराको सचिवालयले पनि आरोपको खण्डन गरेको छ ।सभामुख महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको र निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति सचिवालयल कडा आपत्ति जनाएको छ । सभामुख महरा असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक अन्यत्र कहीँ नगएको विज्ञप्तिमा दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस