सुनचाँदीको दररेट

काठमाडौं,साउन,८ ।
आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साउन ५ गते यता छापावाल सुनको भाउ यही मूल्यमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ । चाँदी भने आज तोलामा ७७५ मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस