बोरिस जोन्सनले आज बेलायती प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै

साउन, ८ ।
सत्तारुढ दल कन्जरर्भे्टिभ पार्टीको नेता चयन भएका बोरिस जोन्सनले आज बेलायती प्रधानमन्त्रीको पदभार ग्रहण गर्दैछन् । पार्टी नेता चुनिएपछि उनले आज महारानी एलिजावेथ सामु सपथ लिँदै बेलायतको ७७ औं प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गर्ने भएका हुन् । यसअघि प्रधानमन्त्री टेरिजा मेले संसद्मा हुने प्रश्नोत्तरमा सहभागी भएपछि महारानीसमक्ष राजीनामा दिनेछिन् । टेरिजाको राजीनामालगत्तै नयाँ प्रधानमन्त्रीमा जोन्सन चयन हुनेछन् । बेलायत युरोपियन युनियनबाट बाहिरिने पक्षको कट्टर समर्थक रहेका जोन्सनले पार्टी नेता चयन हुने क्रममा विदेशमन्त्री जेरेमी हन्टलाई पराजित गरेका थिए । जोनसनले ९२ हजार १ सय ५३ मत ल्याउँदा हन्टले ४६ हजार ६ सय ५६ मत मात्र ल्याए । टोरीका १ लाख ५९ हजार ३ सय २० योग्य सदस्यमध्ये ८७ दशमलव ४ प्रतिशतले मतदान गरेका थिए । बेलायत युरोपियन युनियनबाट बाहिर आउनुपर्ने नीति ब्रेजिक्टका कट्टर पक्षधर जोन्सनले नयाँ प्रधानमन्त्री भएपछि कयौं मन्त्रीले भने राजीनामा दिने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस