हेटौंडाको रातोमाटेमा भारतीय कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु ,५ घाइते

मकवानपुर,साउन,७ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेमा भएको सवारीसाधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडातर्फ आउँदै गरेको एनएल ०१ डी ८०३१ नम्वरको भारतीय कन्टेनरले ना १ ह ८८२४ नम्बरको अटो र बा ६६ प ६२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा अटो चालक बसामाडी घरभई हेटौंडा ९ बस्ने सुजन ढकाल र मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए । दुर्घटनामा घाइते ५ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । कन्टेनरले ना ५ ख ३१४१, ना ५ ख ५११३ नम्बरको बस र ना १ ज ७७८६ नम्बरको सुमोलाईसमेत उक्त ठक्कर दिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस