सीआईएका जासुसलाई मृत्युदण्ड दिएको इरानको दाबी

साउन ७ ।
इरानले अमेरिकी गुप्तचर निकाय सीआईएका केही जासुसलाई पक्राउ गरी मृत्युदण्ड दिएको दाबी गरेको छ । इरानको गुप्तचर मामिला हेर्ने मन्त्रालयले सीआईएका १७ जना जासुस पक्राउ गरी केहीलाई मृत्युदण्ड दिएको जनाएको हो । महत्वपूर्ण मानिने सेना र परमाणु गतिविधिसम्बन्धी जानकारी संदिग्धरुपमा संकलन गर्नेहरुलाई मृत्युदण्ड दिइएको हो । पक्राउ परेका केहीलाई लामो जेल सजाय सुनाइएको इरानको भनाइ छ । इरानले सरकारी सञ्चारमाध्यमार्फत् सन् २०१९ को मार्च यता ती आरोपित गुप्तचरलाई पक्राउ गरिएको जनाएको हो । तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले पूर्णतयाः झुठो विवरण सार्वजनिक गरेको बताएका छन् । पछिल्ला दिनहरुमा अमेरिका र इरानबीच विवाद बढ्दै गएको छ । अघिल्लो वर्ष राष्ट्रपति ट्रम्पले इरानसँग भएको अन्तर्रा्ष्ट्रिय परामाणु सम्झौताबाट अमेरिका अलग भएको घोषणा गर्दै इरानमाथि आर्थिक प्रतिबन्ध लगाएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस