इमरान र ट्रम्पबीच भेटवार्ता

साउन ७ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री खानले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । भेटमा आपसी हित, सहयोग र सहकार्यका बारेमा छलफल भएको दुवै देशका अधिकारीहरुले जनाएका छन् । भेटमा भारत र पाकिस्तानबीच लामो समयदेखि विवादको विषय रहँदै आएको कश्मीर मुद्दाबारे चर्चा भएको थियो । पाकिस्तानी प्रधानमन्त्रीका साथ आयोजित संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले केही अघि आफूसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई कश्मीर मुद्दामा मध्यस्थताका लागि आग्रह गरेको बताए । ट्रम्पले दुवै देशलाई मान्य भए आफू कश्मीर मुद्दामा मध्यस्थताका लागि तयार रहेको समेत बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस